Monday, July 29, 2013

अचेल अरुलाई मान्छे गन्दैनन् यहाँ त्यस्ता गल्ली र चोकमा भुकेको देख्छु ।

उपकारी ब्यक्ती सधै झुकेको देख्छु
अस्तित्व बिर्सनेहरु आफै चुकेको देख्छु ।

अचेल अरुलाई मान्छे गन्दैनन् यहाँ
त्यस्ता गल्ली र चोकमा भुकेको देख्छु ।

गुन लाउनै हुदैन उल्टै जरो खन्छन्
सोझा र निर्धोलाई झन थुकेको देख्छु ।

दुःख नगरी अर्कैको खानपाए खान्छन्
कुकुरले झै अरुकै ढोका ढुकेको देख्छु ।

गजलकुन्ज, krishna lamichhanae.

No comments:

Post a Comment