Monday, July 29, 2013

अचेल अरुलाई मान्छे गन्दैनन् यहाँ त्यस्ता गल्ली र चोकमा भुकेको देख्छु ।

उपकारी ब्यक्ती सधै झुकेको देख्छु
अस्तित्व बिर्सनेहरु आफै चुकेको देख्छु ।

अचेल अरुलाई मान्छे गन्दैनन् यहाँ
त्यस्ता गल्ली र चोकमा भुकेको देख्छु ।

गुन लाउनै हुदैन उल्टै जरो खन्छन्
सोझा र निर्धोलाई झन थुकेको देख्छु ।

दुःख नगरी अर्कैको खानपाए खान्छन्
कुकुरले झै अरुकै ढोका ढुकेको देख्छु ।

गजलकुन्ज, krishna lamichhanae.

Wednesday, June 19, 2013

साथ किन चाहियो ।।।

भोको पेट ले आगाइसके, भात किन चाहियो,
होस न बेहोस छु  मात किन चाहियो ।।।
खाडल मा पर्दाको पल एक्लै काटेनु परेपछि,
साथ किन चाहियो ।।।
कहि नाता जुट्नु अघि कहि नात टुट्नै पर्छ,
अम्लेट बन्नु अगि अण्डा पनि फुट्नु पर्छ ।।।
छाक टार्ने भन्दैमा तितेपाती, बनमारा खाएर कहाँ हुन्छ,
लाज छोप्ने भन्दैमा पात पतिङगर लाएर कहाँ हुन्छ ।।।
जे लाई जस्तो गर्नु पर्ने हो त्यस्तै पो गर्नु पर्छ,
चिसो भयो भनेर कोक तताएर कहाँ हुन्छ । 

बिरानो ठाउँबाट, कृष्ण लामिछाने,

मैलै जस्तो दुःख पाउन म छ र ।

मैलै जस्तो दुःख पाउन म छ र ।
                                                      
किन गर्छौ मन तिमि, फेरी मैलै जस्तो दुःख पाउन म छ र ।
म त आए आए साथी तिमि नि किन आउँछौ र ।

भन्छौ होला कमाउनी  भयो, विर्सियो भनेर,
कमाएको नकमाएको त यो मनलाई थाहा होला
अरु सबै गएको देखेर तिमिलाइ पनि जान मन लाहोला ।